लान्सिङ

लान्सिङमा शरणार्थीहरू

लान्सिङमा कति शरणार्थीहरू बस्छन्?

लान्सिङको शरणार्थी पुनर्वासको धेरै लामो इतिहास छ। सन १९८० देखि ल्यान्सिङले प्रत्येक वर्ष लग भग ५०० जना नयाँ शरणार्थीहरूलाई स्वागत गरेको छ। विगत चार दशकहरूमा ल्यान्सिङले लग भग २०,००० शरणार्थीहरूलाई पुनर्वास गरेको छ जो अहिले हाम्रो समुदायको अहम हिस्सा भएका छन्।

लान्सिङमा कुन कुन देशका शरणार्थीहरू छन्?

लान्सिङमा अफगान, बोस्नियाली, बर्मी, भुटानी, बुरुन्डियन, कङ्गोली (DR र ब्राजाभिल), क्रोएट्स, क्युबाली, इथियोपियाली, इरिट्रियन्स, हमोङ, इरानी, ​​इराकी, कुर्द, लाइबेरियन, मेस्केटियन टर्क्स, सोमाली, बान्टु सोमाली, सुडानी, सिरियाली र भियतनामीहरू साथै संसारभरका अन्य धेरै देशहरूबाट थोरै संख्याहरूको शरणार्थी समुदाय छ।

शरणार्थीहरू लान्सिङमा कसरी आइपुग्छन्?

विभिन्न कारणहरूले गर्दा, शरणार्थीहरू भागेका छिमेकी देशहरूले कहिलेकाहीं उनीहरूलाई समाजमा समाहित गर्न अस्वीकार गर्छन् - उनीहरूलाई शिविरमा राखिन्छन्, शिविर बाहिर काम गर्न अनुमति दिदैनन्, आदि। जब यो निर्धारित हुन्छ कि शरणार्थीहरू आफ्नो स्वदेश फर्कने वा छिमेकी देशको समाजमा समाहित हुन सक्ने सम्भावना धेरै कम हुन्छ, शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त (UNHCR) ले तेस्रो देशमा पुनर्वासको लागि सानो प्रतिशत मानिसहरूलाई निर्वाचित गर्दछ (अमेरिकी समितिका अनुसार सबै शरणार्थीहरू मध्ये मात्र १% छानिन्छन्)।

विश्वमा २० भन्दा कम देशहरू छन् जसले नियमित रूपमा तेस्रो देशको आधारमा शरणार्थीहरूलाई स्वीकार गर्छन्। UNHCR को अनुसार, २००८ मा विश्वभर पुनर्स्थापित ८८,००० शरणार्थीहरू मध्ये, संयुक्त राज्य अमेरिकाले लगभग ६०,००० लाई स्वीकार गर्यो। २०१८ मा, संयुक्त राज्य अमेरिकाले मात्र २२, ४९१ लाई स्वीकार गर्यो, शरणार्थी पुनर्वास कार्यक्रमको इतिहासमा सबैभन्दा कम संख्या हो।

वर्षौंदेखि लान्सिङमा पुनर्वास गरिएका शरणार्थी आबादीका उदाहरणहरूमा सुडानमा सताइएका इसाई धर्मवालाम्बीहरू, र हालैमा, बर्मी र भुटानीहरू सरकारद्वारा लक्षित गरिएका छन्, र हालैमा तालिबानद्वारा लक्षित अफगान विस्थापितहरू समावेश छन्।

शरणार्थीहरूले कस्तो प्रकारको सहायता पाउँछन्?

एक घुम्ती कोषले विमान टिकटको लागि पैसा दिन्छ। जब शरणार्थीहरूले टिकटको पैसा फर्काउन सुरु गर्छन, तब त्यस पैसाले अरु शरणार्थी हरुलाई संयुक्त राज्य अमेरिकामा ल्याउन सहज हुन्छ। आशा यहि हुन्छ की सबैले आफ्नो बिमान टिकटको पैसा फिर्ता गर्नु पर्दछ।

UNHCR वा यस्तै अरु संस्थाले शरणार्थीहरू अमेरिका पुग्नु अघि धेरै संक्षिप्त अभिमुखीकरण दिन्छ। सामान्यतया, यी अभिमुखीकरणहरूले कसरी हात मिलाउने, “संवादात्मक अंग्रेजी”, आधारभूत भान्साका सामानहरू कसरी प्रयोग गर्ने भन्ने जस्ता विषयहरू समावेश गर्दछ। विदेश आउन साथ्, त्यहाँको संस्थाले पुनर्बासको लागि चाहिने सहायता प्रधान गर्दछ। यसमा खाना, चिकित्सा नियुक्ति, कागजात, आश्रय, कपडा, र रोजगार खोज्ने सेवाहरू समावेश छन्। यी पुनर्वास सेवाहरू छोटो समयको लागि रहन्छ र यो अवधिमा शरणार्थीहरू आत्मनिर्भर हुने आशा गरिन्छ। यसमा शरणार्थी विकास केन्द्रले मद्दत गर्न सक्छ।

शरणार्थी विकास केन्द्रको भूमिका के छ?

हालको RDC कार्यक्रमहरूमा अङ्ग्रेजी भाषा कक्षाहरू, मेन्टरिङ, ट्युटोरिङ, होमभिजिटहरू, नेतृत्व संस्थान, समर क्याम्प, तरकारी वितरण, कलेज र क्यारियर सहायता, उद्यमशीलता समर्थन, कल्याण समूहहरू, र स्वागत समुदाय समावेश छन्। लान्सिङका सामुदायिक साझेदारहरूसँग नजिकबाट काम गर्दै, RDC स्टाफ सदस्यहरूले आवश्यकताहरू पहिचान गर्छन् र महत्वपूर्ण सेवाहरू प्रदान गर्छन्। स्वागत, समावेशीकरण र सम्बन्धित सिद्धान्तहरूको आधारमा स्थापित, RDC ले शरणार्थी परिवारहरूलाई सहयोग पुर्याउन र उनीहरूको नयाँ समुदायमा फस्टाउन मद्दत गर्न औपचारिक र अनौपचारिक शिक्षा अवसरहरूको विस्तृत श्रृंखला प्रदान गर्छ। आरडीसीले मध्य मिशिगनमा अद्वितीय सेवाहरू प्रदान गर्दछ र ठूलो समुदाय र शरणार्थी / आप्रवासी परिवारहरू बीच एक महत्वपूर्ण पुलको रूपमा स्थित छ।