RDC कार्यक्रमहरू

RDC ले सबै शिक्षार्थीहरूको लागि विभिन्न कार्यक्रमहरू प्रदान गर्दछ

सर्बप्रथम हामी शिक्षक हौं, र हामीलाई थाहा छ कि नयाँ वातावरणमा सिक्न जटिल र बहु-स्तरीय हुन्छ। हामी शिक्षामा समुदाय संलग्नता र कार्यको लागि उत्प्रेरकको रूपमा विश्वास गर्छौ। सबै मिलेर बलियो हुन सक्छौ भन्ने धारणाले अघि बढ्दै, हामी नयाँ व्यक्तिहरू र सामुदायिक साझेदारहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौं। हामी नयाँ र लामो समय देखि बसोबास गर्दै आएका बासिन्दाहरूलाई छिमेकीहरूको रूपमा संलग्न गर्न खोज्छौं, जहाँ खुला र समावेशी समुदायका सबै मानिसहरूका बिषेश्ताहरू मूल्यवान हुन्छन्। हामी सबै मानिसहरूको आदर गर्छौं र प्रत्येक व्यक्तिको सम्मान र समान्ताको महत्त्वमा दृढ विश्वास गर्छौं। हामी उत्तरदायी सेवाहरू र निरन्तर सिक्न प्रतिबद्ध छौं। हामी हाम्रा शरणार्थी र आप्रवासी छिमेकीहरूको उदीयमान र अपूरो आवश्यकताहरूमा सहयोग गर्ने नयाँ र राम्रो तरिकाहरू खोज्दै नयाँ विचारहरू सुन्नको लागि आतुर छौं। यसैले हाम्रो योजनाका तीन स्तम्भहरूमा आधारित सेवाहरूको वरिपरि लपेटेर सम्पूर्ण परिवारको सेवा गर्न खोज्छौं।

शिक्षा

हाम्रो कार्यालय दृढ विश्वासमा स्थापित भएको थियो कि शिक्षाले एउटा मन्छेलाई सफल हुन् मद्दत गर्छ। हाम्रो कार्यक्रम र सेवाहरू विशेष आवश्यकताहरूप्रति उत्तरदायी छन् भनी सुनिश्चित गर्न हामीले सेवा गर्ने परिवारहरूको आवश्यकताहरू हेरेर योजना बनाउछौं।

संलग्नता

हामी शरणार्थीहरूलाई उनीहरूको नयाँ समुदायमा सफलतापूर्वक संलग्न हुन तयार गर्न खोज्छौं जस्मा उनीहरूको आफ्नै सांस्कृतिक पहिचान, मूल्य र परम्परालाई कायम राख्न सक्षम हुन्छन्। हाम्रा कार्यक्रमहरू सक्रिय नागरिकको रूपमा पूर्ण सहभागिता र संलग्नताको लक्ष्यका साथ हाम्रा शरणार्थी छिमेकीहरूसँगको सहकार्यमा योजना गरिएका हुन्छन्।

समर्थन

धेरै जटिल अवरोधहरूले शरणार्थी परिवारहरूको लागि नयाँ समुदायमा नयाँ जीवनमा सफल हुन कठिन समस्याहरुआइ पर्न सक्छन्। चाहे त्यो रोजगारी, स्वास्थ्य, पारिवारिक संकट, आधारभूत आवश्यकता होस् वा अन्य जीवन-चुनौती होस्, हामी शरणार्थीहरूलाई व्यक्तिगत समर्थन र महत्त्वपूर्ण स्थानीय सामुदायिक साझेदारहरूकामा रेफरलका साथ चुनौतीहरूबाट बच्ने बाटो देखाउन सक्छौं।