इतिहास

इतिहासको पाना

रेफ्युजी डेव्लोप्मेन्ट सेन्टर (RDC) एक महत्त्वपूर्ण, स्थानीय रूपमा सक्रिय गैर-नाफामुखी संस्था हो जुन २००२ मा मध्य-मिशिगनका शरणार्थीहरूलाई अद्वितीय, सेवाहरू प्रदान गर्न सिर्जना गरिएको हो। RDC शरणार्थीहरूलाई आधारभूत आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने एउटा सानो संस्थाको रूपमा सुरु भयो र यो क्षेत्रका शरणार्थीहरूसँग काम गर्ने एजेन्सी बन्न पुगेको छ। स्वागत, समावेशीकरण र शिक्षाको महत्त्वका सिद्धान्तहरूमा स्थापित, RDC ले शरणार्थीहरूलाई उनीहरूको नयाँ समुदायमा फस्टाउन मद्दत गर्न, औपचारिक र अनौपचारिक शिक्षाका अवसरहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। RDC को लक्ष्य भनेको शिक्षा, संलग्नता र समर्थन मार्फत शरणार्थी र नयाँ आउनेहरूसँग सहकार्य गर्ने स्वागत, सम्पन्न समुदायको समुन्नति गर्नु हो।

बीस वर्ष पहिले नवआगन्तुकहरूले समुदायलाई आफ्नो नयाँ ठाउँ र परिवेश को बारेमा भेला हुन र जान्नको लागि ठाउँ चाहिने बताए। साथै, नयाँ ठाउँमा जोडिनको लागि यस ठाउँका बासिन्दाहरू संग घुल्मील हुन आवश्यक हुन्छ। त्यहाँबाट, सबै कार्यक्रमहरू रणनीतिक रूपमा, निम्न दुई लक्ष्यहरूलाई मध्यनजर राखेर योजना गरिएको हो। यसलाई तल विस्तारमा वर्णन गरिएको छ, RDC ले आफ्टर स्कूल योउथ प्रोग्रम्मिंग, समर्थन समूह, समर क्याम्प अनुभवहरू, नयाँ आगमनको चिन्ता वा प्रश्नहरूलाई दर्शाउन ड्रप-इन सेन्टर राखिएको छ र अन्य भाषाहरूका वक्ताहरूलाई (ESOL) अंग्रेजी सिक्नकालागि कक्षाहरू प्रदान गर्दछ।

रेफ्युजी डेव्लोप्मेन्ट सेन्टरको कार्यक्रम विशेष गरी शरणार्थी र आप्रवासीहरूका लागि उपलब्ध सेवाहरूमा रहेको महत्त्वपूर्ण अन्तरलाई सम्बोधन गर्न योजना गरिएको हो। शैक्षिक अवसरहरू र अर्थपूर्ण सामुदायिक जडानहरू सृजना गर्ने नवआगन्तुकहरूले सबैभन्दा बढी उल्लेख गरेका आवश्यकताहरू थिए। त्यहीँबाट RDC को लक्ष्यको जन्म भयो। हाम्रो मुख्य उद्देश्य सहयोग र शिक्षा प्रदान गर्नु हो। जुन नयाँ आगन्तुकहरूलाई एकीकृत गर्न र उनीहरूको नयाँ समुदायमा पूर्ण रूपमा फस्टाउन र सक्षम हुन आवश्यक पर्छ। अवरुद्ध शिक्षा, सांस्कृतिक भिन्नताहरू, अत्याचार र युद्धबाट भागेका, देशहरू सम्बन्धित आघातको स्तरित जटिलतालाई फेदै देखि शैक्षिक संवर्धन रणनीतिहरू, सांस्कृतिक योग्यता, र जातीय समुदायहरूमा सम्बन्धहरू छलफल गर्न आवश्यक पर्दछ। नवागन्तुक कार्यक्रमहरूमा २० वर्षको अनुभव, विविध शैक्षिक र व्यावसायिक पृष्ठभूमिका प्रतिभाशाली कर्मचारीहरू, र जातीय समुदायहरूको जानकारी भएका, RDC शरणार्थीहरूका लागि फुल्न र फस्टाउनको लागि एउटा महत्त्वपूर्ण र सुरक्षित ठाउँ रहेको छ।